काठमाडौ / २०७८ को जनगणना अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । त्यस्तै सवैभन्दा कम मनाङमा रहेको छ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङको ५ हजार ६ सय ४५ जना छन्।
काठमाडौ पछि क्रमशः मोरङ, रूपन्देही , झापा र सुनसरीमा सबैभन्दा धेरै जनसंख्या छन्।
यस्तै मनाङ पछि कम जनसंख्या भएको जिल्लामा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।
विभागका अनुसार सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ रहेको छ र
प्रतिक्रिया