नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०,कतिले बढ्यो १० वर्षमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ / नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जनाएको छ । २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या मध्ये
पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

त्यस्तै यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको विभागले जनाएको छ । यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।