‘स्थानीय तह निर्वाचनको मिति छिटो तोकियोस् ‘- आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर आयोगको परामर्शमा सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्नुपर्ने उल्लेख गरेका छन्।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ सम्म मात्रै हुने बताउँदै आयोगले पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार मानेर स्थानीय तह निर्वाचनको नयाँ मिति तय गर्नुपर्ने सुभलाव दिएको हो ।

स्थानीय तहको कार्यकाल समाप्त हुनुअगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा आयोगले जोड दिएको छ । आयोगले वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको पनि बताएको छ ।

यता तर सत्तारूढ गठबन्धन र सरकारले भने निर्वाचनको मिति तय गर्नुभन्दा पनि निर्वाचन ऐन २०७३ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।