संक्रमितको संख्या १० लाख ३३ हजार ६२६ पुग्यो, आज थपिए १० हजार ३१९ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं /  नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस ९कोभिड१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो ।

जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।