कूल संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट, आज थपिए २८ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ / नेपालमा थप २८ जनामा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्‍टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ३२ जनाको जीन सिक्‍वेन्सिङ परीक्षण गर्दा उक्त संख्यामा ओमिक्रोन पुष्‍टि भएको जानकारी दिएका छन् ।

त्यस्तै बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

ओमिक्रोन तीव्र रुपमा संक्रमण फैलने भएकाले संक्रमितको संख्या बढिरहेको छ । यसअघि पनि २७ जनालाई ओमिक्रोन पुष्‍टि भइसकेको छ । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको डा. अधिकारीको भनाई छ ।