सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ /  आज सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९३ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९३ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९३ हजार ३०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९३ हजारमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३१५ तोकिएको महासङ्घले जनाएको छ । यस अघि शुक्रबार चाँदी रु एक हजार ३२५ मा कारोवार भएको थियो ।