एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौ / एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् । यसैगरी अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए।

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको थियो।