अन्टार्कटिकाको भिन्सन हिमाल सफल आरोहणपछि शेर्पा दाजुभाइ नेपाल फर्के

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अन्टार्टिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर) को सफल आरोहणपछि छाङदावा र टासिलाक्पा शेर्पा काठमाडौं आइपुगेका छन्।

चिली समयअनुसार जनवरी १३ बेलुका ६ः३० बजे कीर्तिमानी आरोहीसमेत रहेका दाजुभाइ मिङमा, छाङदावा र टासिलाक्पा शेर्पाले अन्टार्कटिकाको सबैभन्दा अग्लो भिन्सन हिमालको एकैपटक आरोहण गरेका हुन्।

भिन्सन (४,८९२ मिटर) अन्टार्कटिका र दक्षिण ध्रुवको सबैभन्दा अग्लो चुचुरो हो, जसलाई भौगोलिक दक्षिण ध्रुव वा स्थलीय दक्षिण ध्रुुव पनि मानिन्छ। शेर्पा दाजुभाई सो हिमालको आरोहण गर्ने पहिलो नेपाली टोली बनेका छन्। उनीहरुले अन्टार्कटिकामा एक महिना विताएका थिए ।

सात महाद्वीपका ७ शिखर आरोहण गर्ने लक्ष्यसहित उनीहरु त्यसतर्फ लागेका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए।

सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका ती दाजुभाइले पहिलोपटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक गुरागाईले जनाए। तीन भाइ मध्ये मिङ्मा र छाङ दावा शेर्पाले विश्वको ८ हजार चढ्ने पहिलो दाजुभाइको नाम गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।