आइतबारसम्म वर्षा र हिमपात, चिसो अझै बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

त्यस्तै राती देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

भोलि शनिबार देशका पहाडी भूभागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भूभागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी आइतवार पनि देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।