बढ्यो कोरोना त्रास: काठमाडौंमा मात्र ६ हजार भन्दा बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं उपत्यकामा पछिल्लो ६ हजार भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।

देशभर ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि हुँदा काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा ६ हजार २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्‍ता समीरकुमार अधिकारीले बताए ।

अधिकारीका अनुसकार आज काठमाडौंमा ४ हजार ६६६ जना भक्तपुरमा ५७८ जना र ललितपुरमा १ हजार १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हिजो (मंगलबार) काठमाडौंमा ४ हजार ४ जना, भक्तपुरमा ५७० जना र ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा आज सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढी देखिएको छ ।