कोरोना अपडेटः संक्रमण दर ५० प्रतिशत नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जनालाई संक्रमण भएको छ । मन्त्रालयका अनुसनर हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेका छन् । ।