काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण भएको छ। आज १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ५६२ जनाले कोरोना जितेका छन्। साथै एक जनाको मृत्यु भएको छ।
प्रतिक्रिया