काठमाडौ/ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार बिहान गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।
उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।
उनलाई कोरोना देखिएपछि आज उनी सहभागी हुने भनिएका सबै कार्यक्रम स्थगित भएका छन् ।
प्रतिक्रिया