एकैदिन ४९६१ जनामा कोरोना, सकृय संक्रमित २५ हजार नाघे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ / आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।

यसैगरी आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।