मुख्यमन्त्रीको घर अगाडि प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माघ ०२,पर्सा।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउद गद्दीको घर अगाडी प्रदर्शन भएको छ। प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीको घर अगाडी युवाहरुले विरोध प्रदर्शन गरेका छन।

लोसपा युवा संघ पर्साका अध्यक्ष राजु गुप्ताको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा “वीरगञ्ज बासी जिन्दावाद, वीरगञ्ज बेचन पाईदैन, मुख्यमन्त्री चाहीदैन, वीरसहीद अमर रहोस्…” जस्ता बिभिन्न नाराबाजी सहीत आज विहान मुख्यमन्त्री घर अगाडी विरोध प्रदर्शन भएको हो ।

वीरगन्जको जिल्ला विकास समितिबाट सुरु भएको रैली मुख्यमंत्री निवास पुगी नारावाजी र कोणसभामा परिणत भएको युवा नेता सगीर अलिले बताउनु भयो।

उक्त विरोध प्रदर्शनमा स्थानीय युवाहरु सुजीत गिरी , महादेव कुर्मी ,सजीव यादव , पुरोषत्तम पटेल, शिवजी गुप्ता , अलीहसन, सुरज गुप्ता, विवेक कुमार झा,सगिर अली ,अंकित मिश्रा लगायतको उपस्थिति रहेको थियो।
प्रदेश २ को स्थायी राजधानी र प्रदेशको नाम कायम गर्न प्रदेश २ सरकारको भोलि मतदान हुने कार्यक्रम तय रहेको छ।