बिजुलीको पोल सार्ने कर्मचारी १ लाख ४० हजार घुस लिंदालिंदै पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / बिजुलीको पोल सार्ने एक कर्मचारी घुस लिंदालिंदै पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख सुपरभाइजर सोम प्रसाद पहाडीले बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्दै गर्दा रंगेहात पक्राउ परेका हुन्

उनी काठमाडौँ ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ ।

नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउ गरेको हो ।