पर्सा। २८ पुस ।
उज्ज्यालो वीरगञ्ज अभियानलाई संघीय सांसद प्रदीप यादवले गति दिने भएका छन । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बुधबार वीरगञ्जका तीन स्थानमा जडान भएका नयाँ टावर लाइटहरुको उद्घाटन गर्दै वीरगंजलाई अँध्यारो मुक्त बनाउने अभियान अर्थात ‘उज्यालो वीरगंज’ अभियानलाई गति दिनु भएको छ। 

सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने वीरगञ्ज महानगरपालिकाका ३ स्थान वेलवा, जगरनाथपुर र सवैठवामा टावर लाइट जडान गरेका हुन ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो संसदीय कोषको रकमबाट जडान गरिएको टावर लाइटको सांसद् यादवले बुधबार एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् ।
प्रत्येक टावर लाइटमा १० वटा ४ सय वाट क्षमता भएका लाईट रहेको छ । ३० लाख रुपैयाँको दरले प्रत्येक टावर लाइट जडान गर्न खर्च लागेको सांसद् यादवले बताउनु भएको छ । 

सांसद् यादवले यसअघि पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूमा टावर लाइट जडान गराएका छन् । नयाँ र आधुनिक हाइम्याक्स प्रविधियुक्त टावर लाइटले १ किलोमिटर भन्दा बढी दूरीसम्म उज्ज्यालो दिने सांसद् यादवले बताउनु भयो।
अँध्यारोको समयमा यात्रुहरुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै आफूले नगरका विभिन्न स्थानमा टावर लाइट जडान गरेको सांसद् यादवले बताए । उनले टावर लाइटले रातिको समयमा साइकल र विशेषगरी पैदल यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“सबैसँग लाइट भएको वाहन हुँदैन, हाम्रा दैनिक ज्यालादारी गर्ने मजदुरहरूले साइकलबाट यात्रा गर्नुहुन्छ”, यादवले भन्नुभयो । उहाँले थप आफ्नो भनाई राख्दै,”उहाँहरू अँध्यारो मा साइकल चलाउँदा कतिपटक दुर्घटनामा परेको मैले स्वयम् देखेको छु, उहाँहरुलाई सहयोग पुग्ने उद्धेश्यले मैले टावर लाइट जडान गरेर वीरगञ्जलाई उज्ज्यालो बनाउँने प्रण लिएको छु” भन्नू भयो ।
उक्त बति जडान भएको देखेर आफुहरु खुशी भएको स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया