कोरोना बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी गरियो यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अव काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

साथै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लगाएइको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न आदेश दिएका छन् ।

बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो। १८ वटा बुँदामा जारी गरिएको आदेश मंगलबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ। त्यस्तै माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ।

हेर्नुस् आदेश

आदेश_20220111_0001