काठमाडौका यी उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आजदेखि कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ।

यता सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । विदाको अवसर पारेर १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।

बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।