‘हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ‘ – ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ  / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको दावी छन् ।

सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई कहिल्यै पश्चाताप नहुने समेत वताए ।

अहिले आफूहरू जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतामा रहेको बताउँदै उनले भने, “हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ।”

अध्यक्ष ओलीले समयमा स्थानीय तहको निर्वाचन नगराएर ती तहलाई जनप्रतिनिधि बनाएर कर्मचारीको भरमा चलाउने षड्यन्त्र गरेको आरोप लगाउँदै देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा(व्यवधान पन्छ्याउने गरी सहमतिमा आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गरे ।