काठमाडौ/ नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहर गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले संरचना अवैध भएको वताउँदै निर्माण रोकी कारबाही गर्नुुपर्ने सुझाव दिएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो सुझाव दिएको हो ।
प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए ।
उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए । यस्ता अतिक्रमण हटाउन आफू आएको उनले दाबी पनि गरे । मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पनि ध्यानाकर्षण हुनुपर्ने बताए ।
समितिले आधिकारिक निकायबाट बतास समूहको बी म्यानेजमेन्ट प्रालिले नक्सा पास र आधिकारिक स्वीकृति नलिई निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा संग्राहलयभित्र क्यान्टिन क्याफ्टेरिया सञ्चालनका लागि अनुमति दिएको भएपनि क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको नपाइएको उल्लेख गरिएको छ । सम्झौता विपरीत काम हुँदा पनि विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवारी पूरा नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया