प्रचण्डलाई कोरोना देखिएपछि प्रधानमन्त्री देउवा होम आइशोलेशनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ २५ पुस/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना संक्रमणको आशंकामा होम आइशोलेशनमा बसेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन्।

साथै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि होम आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्री तथा सञ्चारमन्त्री शनिबारदेखि नै होमआइसोलेसनमा बसेका हुन्। उनीहरूको आज पिसीआर परीक्षण गर्ने तयारी छ।

प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए।