शनिबार थप ९४४ जनामा कोरोना सङ्क्रमण, मृत्यु शून्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २४ पुस/ शनिबार थप ९४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार २६४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २६४ जनाको परीक्षण भएको छ । हालसम्म ४९ लाख १९ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा २९७ जनाले कोरोना जितेका छन् । यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख १४ हजार छ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ।