आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ २३ पुस/ साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार भने ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । यसैगरी यसअघि ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज भने ९१ हजार १०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि आज प्रतितोला १० रुपैयाँ घटेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार भने ए कहजार २२५ रुपैयाँमा कारोबार हुनेछ ।