प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २२ पुस/ भारतमा ओमीक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । सो समिट स्थगित भएसंगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पनि स्थगित भएको छ।

प्रधानमन्त्री देउवाको यही पुस २५ गते भारत जाने कार्यक्रम थियो । देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा पनि रोकिएको छ ।

गुजरात सम्मेलन जनवरी १० देखि १२ सम्म चल्ने तालिका थियो। यसको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने योजना थियो।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पछिल्लो एक सातामा गुजरातमा कोरोना संक्रमणको अवस्थाबाट अध्ययन गर्दै उक्त सम्मेलन स्थगित गर्ने निर्णय गरेका हुन्।