सुनचाँदीको मूल्यमा घटबढ , आज फरि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ २२ पुस

सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । बुधबार बढेर कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पुन घटेको हो ।

यसअघि गत सोमबार ९३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहीबार भने प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार हुने भएको हो ।

जसअनुसार आज छापावाल सुनको भाउ ९२ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ यसअघि ९२ हजार ३०० रहेकोमा आज ९१ हजार ८०० रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने एकैपटक २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २३५ रुपैयाँमा कारोबार हुने भएको छ ।