काठमाडौ २२ पुस/ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान १० ११ बजेदेखि साँझ ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
अहिले काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम घटेकोले जाडो बढेको छ। त्यस्तै पश्चिमी वायुको प्रभावले बुधबार बेलुकादेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको छ।
बर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी वायु) नेपाल प्रवेश गर्दै गरेको र यो आइतबारसम्म रहने हुन्छ। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्व हुँदै शनिबार राति या आइतबार बिहानसम्म देशभर फैलने महाशाखाले जनाउएो छ ।
प्रतिक्रिया