सुशासन कायम गराउन सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ २१ पुस/ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक सचिवहरूसँग छलफल गरेका छन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका हुन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

छलफको क्रममा देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए ।