प्रतिनिधिसभाको बैठक फेरि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमडौं २१ पुस । भोलि बिहीबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी पुस २२ गते बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

अको बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जनाएको छ । संसद सचिवालयका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।

हेर्नुहोस् सूचना