काठमाडौँ २१ पुस / नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।
आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य निर्वाचनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि पुस २७ हुने भनिएको अधिवेशन अब माघ १५ गते हुने भएको छ । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ।
प्रतिक्रिया