काठमाडौ २१ पुस
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । जस अनुसार एक जना उमेदवारले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्ने पाउँने छन् ।
आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन र घोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार तोकेको छ ।
यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार गोष्ठी र अन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन माघ १२ गते हुदै छ । जसको लागि मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया