काठमाडौ २० पुस
आज मंगलबार नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गरिएको थियो । ७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
यसैगरी २६३ जना निको भएको मन्त्रालयले जनाएको छ। साथै पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ। काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिएका छन्।
प्रतिक्रिया