आजदेखि अतिरिक्त मात्रा खोप, यी समुहका व्यक्तिले पाउँछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ २० पुस

सरकारले आजदेखि कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिदै छ । आजदेखि सरकारले बुस्टर डोजका रूपमा कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई अतिरिक्त खोप दिन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रूपमा कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने छ।

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अतिरिक्त खोप लगाउन पाउनेछन्।