काठमाडाौ २० पुस
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
घटेपनि आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया