काठमाडौँ २० पुस
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।
आज मंगलबार सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ।
सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा मौसमविद्ले आग्रह गरेको छ ।
साथै बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेका छन्।
प्रतिक्रिया