कोरोना अपडेटः थप ३२६ जनामा सङ्क्रमण , २ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १९ पुस
सोमबार थप ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यताको तुलनामा यो संख्या बढि हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार २७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४९८ जनाको परीक्षण भएको छ । हालसम्म ४८ लाख ८० हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २५५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ ।

थप दुई को मृत्यु

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५९८ पुगेको छ।