देशभित्रका कलेजहरुको जानकारी एउटै थलोबाट प्रवाह गर्न राजधानीमा आजदेखि चौथो भर्चुअल इडियु फेयर सुरु भएको छ। आगामी १५ दिनसम्म चल्ने यो शैक्षिक मेलामा काठमाडौं र उपत्यका बाहिरका १ सयभन्दा बढी कलेजले आफुले संचालन गरेका स्नातक तहका कार्यक्रमहरु बारेको जानकारी भर्चुअल माध्यमबाट विद्यार्थी र अभिभावकलाई दिने छ्न । भर्चुअल माध्यमबाटै विद्यार्थीले कलेजले पढाउने विषय, भवन र खेलमैदानलगायतको वातावरणको अवलोकन गर्न सक्नेछन् । यस पटक व्यवस्थापन, विज्ञान, सूचना प्रविधि, स्वास्थ्य विज्ञान ,सामाजिक शास्त्र र मानविकी जस्ता कार्यक्रम चलाउने कलेज सहभागी छ्न । फेयरको शुभारम्भ गर्दै पोखरा विश्वविध्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाललाई विदेशी विद्यार्थीको आकर्षक गन्तव्य बनाउन निजि कलेजले गरेका प्रयास सर्हानीय भएको बताउनुभयो । फेयरका सम्य्योजक रामहरि सिलवालका अनुसार १५ दिनको अवधिमा करिब ५ लाख विद्यार्थी र तिनका अभिभावक सहभागी हुनेछन ।
प्रतिक्रिया