माओवादीको केन्द्रीय सदस्य चुनावका लागि उमेदवारी दर्ता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १८ पुस

माओवादीले केन्द्रीय सदस्य चयनको लागि निर्वाचन कार्यक्रम पुन संशोधन गरेको छ । राजधानीमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचन कार्यक्रम तेस्रोपटक संशोधन गरिएको हो ।

संशोधित कार्यतालिका अनुसार आज दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता र मतदानको समय राखिएको छ भने भोलि बिहान ८ देखि दिउँसो १ः २५ सम्मको समय तोकिएको छ ।

हिजो पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले योसँगै तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।

यसअघि पनि आइतबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम राखेको थियो।

यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ। सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्वाचन कार्यक्रम पनि संशोधन भएको हो।