काठमाडौ १८ पुस
अहिले नेपालको बैदेशिक लगानीमा भने सुधार आएको देखिएको छ भने रेमिट्यान्समा कमी आएको छ। राष्ट कात्तिक महिनासम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रहेको थियो ।
यसैगरी विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
तर, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३ सय ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
बिदेश जाने कामदारको संख्या बढ्दै गर्दा तिनै कामदारले पठाउने रकममा भने कमि आएको छ । रेमिट्यान्समा कमी आउनुको कारण हुण्डी फस्टाएको हुन सक्ने अर्थविद्को आशंका छ । अहिले आयात बढेको कारण सामान ल्याउने वहानामा पैसाको लेनदेन बढेकोले हुण्डी फस्टाएको हो ।
प्रतिक्रिया