कस्तो रहला आजको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १८ पुस

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।