जय यादव।
पौष १५, काठमाडौँ।
युरेनियम भनेर अवैध कारोबार गर्ने ३ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ। आज बेलुका अन्दाजी ५ बजेको समयमा काठमाडौँको बालाजु बसन्तनगर स्थित गेष्ट हाउसमा हेर्दा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
महानगरीय अपराध महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट युरेनियम जस्तै टल्किने १२ सय ग्राम सामान सहिततीनैजनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ। प्रति के।जी। २ करोडको दरले किनबेच हुन लागेको भनि प्रहरीले उल्लेख गरेको छ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट बिदुर न।पा।६ घर भई हाल का।जि।मनमैजु बस्ने लक्ष्मण घिमिरेको छोरा बर्ष ३१ को प्रदिप घिमिरे,
नुवाकोट कै बिदुर न।पा।२ घर भई हाल का।जि।मनमैजु बस्ने बर्ष ३१ को राजेन्द्र परियार र काठमाडौँ तारकेश्वर न।पा।फुटुङ् बस्ने बर्ष ३६ को रंजित कार्की रहेको महानगरीय अपराध महाशाखाले उल्लेख गरेको छ। उक्त घटना बारे थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
प्रतिक्रिया