माओवादी महाधिवेशनः प्रचण्डको दस्तावेजमा निष्कर्ष दिइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ १५ पुस

कपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्। ११ वटा समूहका नेताको सुझाव सकिएको थियो ।

आज विहान ११ बजेदेखि सुरु हुने बन्दसत्रमा समूहका नेताको निष्कर्ष सक्ने तयारी छ । त्यसपछि आफ्नो प्रतिवेदनमा उठेका प्रश्नबारे अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन गरिएको थियो।

महाधिवेशन प्रतिनिधिको सुझावसहित अध्यक्षको राजनीतिक दस्तावेज र विधानपारित गरेपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।