घरकै सदस्यबाट बढि हुन्छ महिला हिंसा, यस्तो छ तथ्याकं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १२ पुस
महिला हिंसाका घटना घर भित्रै बढि हुने गरेको अध्ययनले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार ५६ प्रतिशत अर्थात् ४७५ वटा घटनामा घर भित्रकै सदस्यको संलग्नता रहेको छ ।

पछिल्लो पाँच महिनामा ८४४ जना महिला तथा बालिकामाथि हिंसाका घटना अभिलेखीकरण भएको छ । गत साउनदेखि मंसिरसम्म भएका ती घटनामा १५२ वटा (१८ प्रतिशत) बलात्कार, ७५ वटा (९ प्रतिशत) सामाजिक हिंसा, ५३ वटा (६ प्रतिशत) हत्या, ३७ वटा ९४ प्रतिशत० यौन दुर्व्यवहारका घटना अभिलेखीकरण भएको ओरेकले जनाएको छ ।

सो अवधिमा स्रोत साधनबाट बञ्चितीकरण ४५ प्रतिशत, शारीरिक हिंसा २९ प्रतिशत र मानसिक हिंसा २६ प्रतिशत पाइएको छ । ओरेकका अनुसार घरेलु हिंसामा ७५ प्रतिशत आरोपित श्रीमान् पाइएको छ भने २५ प्रतिशत आरोपित परिवारका सदस्य छन् ।

यस्तै, घरेलु हिंसा पीडितलाई उमेर समूहका आधारमा वर्गीकरण गर्दा २६ देखि ३५ वर्ष उमेर समूहका पीडित सर्वाधिक देखिन्छन् । ओरेकका अनुसार समीक्षा अवधिमा अभिलेखीकरण भएका घटनामध्ये यो उमेर समूहका पीडितको संख्या ४४ प्रतिशत छ ।

त्यस्तै,१७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका १५ प्रतिशत, ४६ वर्षदेखि माथिका ८ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका ३ प्रतिशत पीडित छन् । आरोपितहरुमा पनि २६ देखि ३५ वर्ष उमेर समूहकै सर्वाधिक छन् । यो उमेर समूहका आरोपित ४२ प्रतिशत रहेको ओरेकले जनाएको छ । त्यस्तै, ३६ देखि ४५ वर्ष उमेर समूहका २५ प्रतिशत, ४६ वर्षभन्दा माथिका १७ प्रतिशत र १६ वर्षभन्दा कम उमेर समूहका एक प्रतिशत आरोपित छन् ।