माओवादी महाधिवेशनः बन्दसत्र संचालन गर्न जुटेका छन् यी नेताहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १२ पुस

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् ।

बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पूर्णाकुमारी सुवेदी, परशुराम तामाङ, पर्शुराम रम्तेल र रूपा महर्जन छन्।

अहिले अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन वाचन भइरहेको छ।​ बन्दसत्रमा १७ सय प्रतिनिधि रहेको माओवादी केन्द्रले जनाएको छ।

राजनीतिकलगायत विभिन्न प्रतिवेदन पारितपछि बन्दसत्र माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ। ​

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनले पदाधिकारीसहित २९९ जनाभन्दा बढी नै सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। यसमा पदाधिकारीको संख्या अध्यक्षसहित १५ जना राख्ने तयारी छ।