काठमाडौ १२ पुस
सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।
चाँदीको भाउ भने आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया