काठमाडौ १२ पुस
अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेकोले मङ्गलबार र बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बुलेटिन यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई रयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने छ । विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै हिमाली तथा उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली हुनेछ।
सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रक ५ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया