माओवादीले यसकारण गर्यो सम्मेलनबाट महाधिवेशनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ११ पुस

माओवादीले हिजो शनीबार सम्म राष्ट्रिय सम्मेलन गर्ने भनिरहेको थियो । तर नेकपा माओवादी केन्द्रले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो ।

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।
तर, शनिबार बसेको स्थायी समितिको बैठकले सो निर्णय उल्ट्याइदियो ।

बैठकमा अध्यक्ष प्रचण्डले नै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी दिदै महाधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको वताए ।

स्थानीय तहदेखि नै सबै प्रक्रिया पु¥याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखिएको र विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्न लागेकाले यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखिने अध्यक्ष प्रचण्डको भनाइ छ ।

माओवादीले वैधानिक र कानुनी रुपमा के हुन्छ, भनेर केन्द्रीय सदस्य मुक्ति प्रधानलाई निर्वाचन आयोगसँग परामर्शका लागि खटाएको थियो । वैधानिक र कानूनी पाटो के हुन्छ भनेर आयोगसँग छलफल गरेपछि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले जनाएको छ ।

पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रावधान छ । विसं २०७३ मा तत्कालीन नेकपा (एमाले)सँग एकता भएकाले महाविधेशनलगायतका नियमित प्रक्रिया अगाडि बढेको थिएन । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टाछट्टै दलका रुपमा विभाजित भए ।

माओवादीको विधानअनुसार सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाले गर्दा तुरुन्तै महाधिवेशनको आयोजना गर्नुपर्ने अवस्था आउनेछ । प्रचण्डले सबै प्रक्रिया पु¥याइएकाले महाधिवेशन भन्न लायक र उपयुक्त रहेको तर्क गर्दै व्यवस्थित ढङ्गले विधान संशोधन गर्न लागिएको तथा सम्मेलनलाई महाधिवेशनान परिणत गरिएको वताए ।

यसरी शनिबारको बैठकले पालिका सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व निर्माणको निर्वाचको व्यवस्था, राष्ट्रिय रुपमा सहभागी हुने प्रतिनिधिको छनोट र कमिटीको निर्वाचन प्रक्रिया पनि पूरा भएको अवस्थामा महाधिवेशन नै गर्नु उपयुक्त रहेको माओवादीले जनायो ।