यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ९ पुस

मन्त्रिपरिषदको हिजो विहीवार बसेको वैठकले विभिन्न निर्णय गरेको छ । जसमा क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिश्मसको अवसरमा शनिबार सार्वजनिक विदा दिने देखि ५० राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने सम्मका निर्णय समेटिएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय आज (शुक्रबार) सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् । उनका अनुसार बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरेको छ ।

१ औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ ९१० बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

२ विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

३ क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

४ संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

५ राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

६ जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने

७ हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने