सुनको भाउ घट्यो, कति पर्ला तोलाको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काछमाडौ ९ पुस

आज सुनको भाउ घटेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सयले घटेर तोलाको ९३ हजार एक सयमा कायम भएको छ। अघिल्लो दिन सुन ९३ हजार तीन सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहको छ।