पौष ०८, सिरहा ।
सिराहामा श्रीमतीको कुटपिटबाट एक जना श्रीमानको मृत्यु भएको छ। जिल्लाको धनगढिमाई नगरपालिका(१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
आपसी बादबिबाद एवं झगडामा उनकै ३५ वर्षीया श्रीमती हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काईबाट गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेक बहादुरको शव धनगढिमाई नगरपालिका १३ भुल्लेस्थित उनकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया